
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिटको अवलोकन गरेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले गरिरहेको काम हेर्न ओली आज कीर्तिपुर पुगेका हुन्। गत फागुनदेखि क्रिकेट मैदानको प्यारापिट निर्माणको काम भइरहेको छ। प्यारापिट निर्माणको ठेक्का बीकेओआई-केसीडीसी-बिजी जेभीले ४३ करोड ७७ लाख रुपैयाँमा पाएको छ ।

गत वैशाख २४ सम्म काम सक्ने समय तोकिएकोमा अहिलेसम्म पनि पूरा भएको छैन। समयमा काम नसकिएपछि प्रम ओली काम छिटो गर्न निर्देशन दिएका थिए।