Nepal Purbadhar

युएस एड बन्द पछि चोभार सुक्खा बन्दरगाहमा थन्किए संयौ गाडी र मोटरसाइकल


काठमाडौं । अमेरिकी सहयोग निकाय यु एस एड बन्द हुँदा नेपालमा यस निकायले प्रयोग गर्ने सयौ गाडी र मोटसाइकल चोभारस्थित सुख्खा बन्दरगाहमा थन्किएका छन् । 

राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले यु एस एड का कार्यक्रमहरु बन्द हुँदा सो गाडी तथा मोटरसाइकल बन्दरगाहमा प्रतिगाडी प्रतिदिन एक सयका दरले बन्दरगाह राखिएको हो ।

नेपालमा यु एस एड ले स्वास्थ्य, शिक्षा लगायत विभिन्न राम्रो क्षेत्रमा काम गरेतापनि पछिल्लो समय धर्म परिवर्तन, राजनीतिक दाउपेच लगायतका क्षेत्रमा पनि यस निकायले पैसा खर्च गरेको कुरा सार्वजनिक भएको थियो ।

अमेरिकी नागरिकको पैसाको दुरुपयोग भएको निष्कर्ष सहित राष्ट्रपति ट्रम्पले यु एस एड बन्द गरेको हो ।

 तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


Read Previous

‘टेक एण्ड पे’ पीपीए संसोधन नभए ऊर्जा उत्पादकहरुले चरणबद्ध आन्दोलन गर्ने, अन्तिम विकल्प ‘बल्याकआउट’

Read Next

डिप्लोमा ईन्जिनियरीङ काउन्सिल गठन हुन्छ: मन्त्री देवेन्द्र दाहाल