Nepal Purbadhar

पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको हो । 

अख्तियारले पतञ्जली जग्गा सट्टापट्टाको विषयमा अनियमितता गरेको आरोपमा नेपालसहित ९३ जना विरुद्ध बिहीबार मुद्दा दर्ता गरेको छ ।

उनीविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी गरिएको छ । 

भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको सांसद पद पनि स्वत: निलम्बनमा परेको छ । 


Read Previous

टेक एण्ड पे पीपीएको विरोधमा ईप्पानको कार्यक्रममा ‘कालो ब्यानर’

Read Next

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित को को विरुद्ध पर्यो मुद्दा?