Nepal Purbadhar

यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएसँगै सार्वजनिक यातायात पुन सञ्चालनमा


काठमाडौं । यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात पुन सञ्चालनमा आएको छ ।

मंगलबार यातायात व्यवसायी महासंघ र सरकार बीच भएको वार्ता सकारात्मक भएसँगै यातायात सञ्चालनमा आएको हो ।

मंगलबार साँझ नै गण्डकी सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायीले पनि आफ्नो प्रदर्शन फिर्ता लिने निर्णय गरेका हुन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए ।


Read Previous

जडीबुटीस्थित अरनिको बसपार्कमा यातायात व्यवसायी र प्रहरी बिच तनाव

Read Next

२८,५०० मेगावाट उत्पादनको बाटोमा हिडिसकेपछि  ‘टेक एण्ड पे’ ल्याउनु गम्भीर त्रुटी : ऊर्जामन्त्री खड्का