Nepal Purbadhar

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध भ्रष्टाचारको मुद्दा


काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री (हाल प्रदेशसभा सदस्य) दीर्घ बहादुर सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

सोडारीले सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै आयोगले आरोपपत्र दायर गरेको छ । उनी विरुद्ध स्रोत नखुलेको रु. १ करोड ८ लाख ३८ हजार ३०२.५७ बराबरको सम्पत्ति देखिएको मुद्दामा उल्लेख छ।

आयोगले मुख्यमन्त्री रहेको समयमा सोडारीले वैधानिक आय रु. ८५ लाख ५१ हजार ३३४.९२ मात्र भएको उल्लेख गरेको छ । त्यस अवधिमा खर्च तथा लगानी रु. १ करोड ९३ लाख ८९ हजार ६३७.४९ बराबरको गरेको पाइएका आयोगले जनाएको छ ।

सोडारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२), दफा १६(२), र ऐनको दफा २४ बमोजिम कैद, जरिवाना तथा सम्पत्ति जफतको माग गरिएको छ।


Read Previous

प्रमुख तीन दलका शीर्ष नेताको बैठक

Read Next

कान्तिलोकपथ चार दिन बन्द 

Nepal Purbadhar