Nepal Purbadhar

विश्व बैकले नेपाललाई ३५ अर्ब ऋण सहयोग दिने


काठमाडौं । विश्व बैंकले नेपालको विद्युत र सिँचाई सेवामा सुधार ल्याउने दुई परियोजनालाई २५७ मिलियन अमेरिकी डलर अर्थात ३५ अर्ब नेपाली रुपैयाँभन्दा धेरैको ऋण सहयोग दिने भएको छ । 

विश्व बैंकको कार्यकारी निर्देशकहरुको बैठकले मे २९ मा दुई परियोजनालाई २५७ मिलियन अमेरिकी डलर ऋण सहयोग गर्ने निर्णय गरेको हो । यी दुई परियोजनाहरु विद्युत वितरण सुधार र सिँचाई सेवामा केन्द्रित रहेका छन् । 

कुल ऋणमध्ये १२० मिलियन अमेरिकी डलर विद्युत आपूर्ति भरपर्दो बनाउनका लागि रहेको छ । नेपाल विद्युत प्राधिकरणले कार्यान्वयन गर्ने यो परियोजनाअन्तर्गत कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्युत वितरण सञ्जाललाई सुदृढ बनाउनका लागि रहेको छ । परियोजना अन्तर्गत नयाँ वितरण सबस्टेसन निर्माण, पुराना सञ्जालको स्तरोन्नती तथा वास्तविक समयमा निरगानी गर्न मिल्ने प्रणालीको विकास गरिनेछ ।

त्यस्तै, १३७ मिलियन अमेरिकी डलर रानी जमरा कुलरिया सिँचाई परियोजनाको तस्रो चरणको निर्माणका लागि  रहेको छ । कैलाली जिल्लामा केन्द्रित यो परियोजनाले सुदूरपश्चिम प्रदेशका करिब १ लाख ६० हजार जनसंख्यालाई लाभ पुर्याउने र कुल १७ हजार ५ सय हेक्टर जमिनमा १२ महिना नै सिँचाई सुविधामा पुर्याइने लक्ष्य रहेको छ । 

ऋण सहयोग स्वीकर्त भएकाबारे विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका डिभिजन निर्देशक डेभिड सिस्लेनले भने, “नेपालको दिगो विकासका लागि भरपर्दो विद्युत् आपूर्ति र पर्याप्त सिंचाइ सेवा अत्यावश्यक छन्। यी परियोजनाले स्वच्छ जलविद्युत् प्रवर्द्धन, सञ्जाल सुधार, र कृषकलाई जलवायु तथा विपद् जोखिमको सामना गर्न सहयोग पुर्‍याउने छन्।”


Read Previous

प्रदेश र स्थानीय सरकारलाई ४ खर्ब बढी अनुदान, कसलाई कति?

Read Next

प्रमुख तीन दलका शीर्ष नेताको बैठक

Nepal Purbadhar