Nepal Purbadhar

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं । बंगलादेशकी उपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण अदालत (आईसीटी) ले आइतबार हसिनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । उनीविरुद्धको अभियोजनमाथि सुनवाइ सुरू भएको छ ।

बंगलादेशमा एक महिनासम्म चलेको विद्यार्थी आन्दोलनको क्रममा थुप्रैको ज्यान गएको थियो । गोली हान्न आदेश दिएका कारण थुप्रैको ज्यान गएको उनीविरुद्ध आरोप छ ।सोही आन्दोलनले उनलाई प्रधानमन्त्री पदबाट अपदस्थ गरेको थियो ।

आन्दोलन उत्कर्षमा पुगेपछि उनी हेलिकप्टर चढेर भारत भागेकी थिइन् । अहिले उनी भारतमै बस्दै आएकी छन् ।


Read Previous

कमल थापा पक्राउ

Read Next

सार्वजनिक यातायात बन्द भए सँगै यस्तो देखियो कलंकी क्षेत्रको सडक

Nepal Purbadhar