Nepal Purbadhar

इप्पानको सेबोनलाई जवाफ: ‘बिचौलियाले प्रवर्धकलाई आइपिओ निष्कासन गरिदिन्छु भन्दै पैसा मागेकै हो’


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल धितोपत्र बोर्डलाई जवाफ दिएको छ ।

सेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिचौलिया पठाएर आइपिओ निष्कासनमा कमिसन मागेको ऊर्जा प्रवर्धकहरुले आरोप लगाएपछि सेबोनले इप्पानको आधिकारिक धारणासहित प्रमाण भए दिन आग्रह गरेको थियो । बिचौलियामार्फत ५ देखि ७ प्रतिशतसम्म कमिसन मागेपछि इप्पानको नेतृत्वमा छलफल भएको थियो । छलफलमा धेरै जसो प्रवर्धकहरुले सेबोनका अध्यक्ष श्रेष्ठको मान्छे भन्दै बिचौलियाहरुले ५ देखि ७ प्रतिशत कमिसन मागेको बताएका थिए ।

उक्त विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालयमा समेत पुगेको थियो । अख्तियार सेबोनमा छापा समेत मारेको थियो । चौतर्फी रुपमा आलोचना भएपछि इप्पानसँग सेबोनले आधिकारिक धारणा मागेको हो ।

इप्पान स्रोतका अनुसार इप्पानको आधिकारिक धारणा नभएपनि गुनासो आएको जवाफमा उल्लेख छ । ‘हामीले साथीहरुसँग बुझ्दा बिचौलियामार्फत पैसा मागेको गुनाँसो आयो । बिचौलियाले पैसा मागिरहेको उल्लेख गरेर चिठ्ठी लेखेका छौं,’ स्रोतले भन्यो,’ प्रमाण भए हामी अख्तायार र सम्बन्धित निकायमा पठाउने उल्लेख गरेका छौं । सेबोनलाई आइपिओ निष्कासन गरिदिन अनुरोध समेत गरेका छौं ।’


Read Previous

आईतबार उपत्यकाका तीन जिल्लामा बिदा 

Read Next

क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सरकारको प्राथमिकतामा : ऊर्जामन्त्री

Nepal Purbadhar