Nepal Purbadhar

विद्युतीय पिकअपमा बढ्यो कर

सांकेतिक तस्बिर


काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को बबजेट भाषण गरिरहँदा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतीय सवारीसाधनको कर यथावत राखेको घोषणा गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमा बजेटसँग सम्बन्धित पोस्ट राख्दै वतावरण संरक्षण गर्न र विद्युतको खपत बढाउन ईभीको कर यथावत् राखेको उल्लेख गरेका छन् ।

तर, आर्थिक विद्येयकमार्फत भने सरकारले विद्युतीय पिकअप गाडीमा कर बढाएको छ ।

सरकारले विद्युतीय पिकअप गाडीलाई निश्चित रुपमा लागु हुने एचएसकोड थप गर्दै अन्तशूल्क १० प्रतिशत कर कायम गरेको हो । यसअघि यो कर ५ प्रतिशत थियो । 

यसअघि विद्युतीय पिकअप गाडीहरु ८७०४.६०.९० एचएस कोडअन्तर्गतबाट नेपालमा आयात हुन्थे । उक्त श्रेणीका गाडीहरुमा विद्युतीय ट्रक (पिकअप)लगायत पर्छन् । सो श्रेणीका गाडीहरुलाई भन्सारमा १५ प्रतिशत र अन्त शूल्क ५ प्रतिशत कायम भएको थियो । 

आगामी आर्थिक वर्षको आर्थिक विद्येयकमा भने सरकारले विद्युतीय पिकअप गाडीहरुमा लागु हुने एसएस कोड ८७०४.६०.३१ र ८७०४.६०.३२ थप गर्दै सरकारले कर बढाएको छ । यसमध्ये ८७०४.६०.३२ एचएस कोडका सामानको ओसारपसार गर्ने र ड्राईभरसहित २ जनाभन्दा बढी मानिस बोक्ने सुविधा भएका डबल क्याब पिकअप विद्युतीय गाडीको कर भने १० प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष यस्ता गाडीहरुमा ५ प्रतिशत मात्रै कर लाग्दै आएको थियो । 

त्यस्तै, अन्त:शूल्कमा अघिल्लो वर्षको भन्दा ५ प्रतिशत बढि कर कायम गरिएका यी विद्युतीय पिकअप श्रेणीका गाडीहरुको भन्सार दर पनि बढाईएको छ । अघिल्लो वर्ष १५ प्रतिशत रहेको भन्सार दर यो वर्ष २० प्रतिशत पुगेको छ ।


Read Previous

एचआईडीसीएलको सीईओमा प्रजेशविक्रम थापा नियुक्त

Read Next

अग्नी सिमेन्टको व्यापारमा भारी गिरावट

Nepal Purbadhar