Nepal Purbadhar

मुग्लिन-पोखरा सडक विस्तार: विजयपुरमा यसरी हुँदैछ काम


काठमाडौंलाई पोखरासँग जोड्ने मुग्लिन-पोखरा सडक विस्तारको काम धमाधम भइरहेको छ ।

दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्न लागिएको हो। यो सडकलाई पूर्वी र पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको छ। 

मुग्लिन-पोखरा सडक विस्तार आयोजनाले तनहुँको जामुनेदेखि मुग्लिनसम्म ४१.४५ किमीलाई पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म ३८.८ किमी सडकलाई पश्चिम खण्डमा विभाजन गरेर ठेक्का लगाएको थियो। 

पूर्वी खण्डमा ८० प्रतिशत र पश्चिम खण्डमा ५० प्रतिशत काम सकिएको बताइएको छ।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनमा विस्तार गरिएको हो। 


Read Previous

सुरुङ खन्ने टीबीएम आयातमा कर छुट दिइने

Read Next

आरओआरमा ‘टेक एण्ड पे’ पीपीए:  ‘विद्युत विकास रोकेर नपुगे भारतबाट ल्याउनेतिर सरकार लाग्यो’

Nepal Purbadhar