Nepal Purbadhar

सुरुङ खन्ने टीबीएम आयातमा कर छुट दिइने


काठमाडौं । सडक, सिँचाइ र जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने ‘टनेल बोरिङ मेसिन (टीबीएम)’ आयातमा सरकार कर छुट दिने भएको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेट प्रस्तुत गर्दै निजी क्षेत्रले टीबीएम मेसिन आयात गर्दा एक प्रतिशत भन्सार महसुल मात्र लाग्ने र बाँकी सबै कर तथा शुल्क छुट हुने व्यवस्था गरिएको जानकारी दिए।

उनका अनुसार सुरुङ प्रविधिको प्रवर्द्धन र निर्माण कार्यलाई द्रुत तथा प्रभावकारी बनाउन यस्तो सुविधा उपलब्ध गराइएको हो।


Read Previous

ऊर्जा तथा सिँचाइ मन्त्रालयको बजेट: दूधकोशीदेखि तमोरसम्मका ठूला आयोजना अगाडि बढ्ने, वैकल्पिक ऊर्जामा जोड

Read Next

मुग्लिन-पोखरा सडक विस्तार: विजयपुरमा यसरी हुँदैछ काम