Nepal Purbadhar

सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको बजेटको आकार १९ खर्ब ६४ अर्ब १९ करोड रुपैयाँ हो ।

यसमध्ये चालु तर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६०.१ प्रतिशत, पुँजिगत तर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात २०.८ प्रतिशत र वित्तिय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशत बिनियोजन भएको छ ।

सरकारले आगामी आवका लागि आम्दानीका रुपमा भने राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुदान ७३ अर्ब, ५ खर्ब ९५ अर्ब ६६ करोड मध्येबाट वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड र ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट बेहोरिने अर्थमन्त्रीले बताए ।

चालु आवको तुलनामा आगामी आर्थिक वर्षको बजेट ५.६ प्रतिशतले बढि रहेको छ भने संशोधित अनुमान १८.२ प्रतिशतले बढि रहेको छ ।


Read Previous

तलब बढेन, महंगी भत्ता पाँच हजार पुग्यो

Read Next

बालाजु पौडी पोखरी:जेठ १८ गतेदेखि सञ्चालनमा आउने