
काठमाडौं । सरकारी कर्मचारीको तलब नबढ्ने भएको छ ।
अर्थमन्त्रीले विष्णु पौडेलले बजेट भाषण गर्दै तलब बढाउन नसकिएको बताएका हुन् । महंगी भत्ता भने पाँच हजार पुर्याईएको उनले बताए ।
राष्ट्रिय सेवकको सेवा सुविधा समय सापेक्ष बनाउनु पर्ने भएतापनि स्रोत व्यवस्थापनमा परेको दबाबका कारण तलब बढाउन नसकिएको उनले बताए । उनले साउन १ गतेबाट लागु हुने गरि महंगी भत्ता भने पाँच हजार पुर्याइएको बताएका छन् ।