Nepal Purbadhar

काठमाडौँ–हेटौँडा रोपवेको सट्टा पोडवे सञ्चालनका लागि अध्ययन हुने


काठमाडौं। सरकारले काठमाडौँ–हेटौँडा रोपवेको सट्टामा नवीन प्रविधिको पोडवे सञ्चालनका लागि अध्ययन गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो जानकारी दिएका हुन्।

“बन्द रहेको काठमाडौँ–हेटौँडा रोपवेको सट्टा नवीन प्रविधिको पोडवे सञ्चालनका लागि अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ,” अर्थमन्त्री पौडेलले भने, “त्यसका साथै पहाडी तथा हिमाली क्षेत्रमा केबुलकार सञ्चालनका लागि पनि सरकारबाट प्रोत्साहन गरिनेछ।”

बजेट भाषणमा उनले शहरी क्षेत्रका सडकमा सिमेन्ट र छडसहितको कालोपत्रे ढलान गरिने जानकारीसमेत दिएका छन्। यसबाट स्वदेशी सामग्रीको खपत बढ्ने र निर्माण हुने पूर्वाधार बढी टिकाउ हुने सरकारको विश्वास रहेको उनले उल्लेख गरे।

Facebook Comments

Read Previous

१२०० मेगावाटको बुढीगण्डकी पीपीपी मोडलमा निर्माण गरिने

Read Next

लोडसेडिङको सूचना स्वचालिक बनाईने

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar