
काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ (सन् २०२५/२६) का लागि करिब २० खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। स्रोतका अनुसार नयाँ बजेटको आकार २० खर्ब २१ रुपैयाँ पुग्नेछ ।
हाल कार्यान्वयनमा रहेको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ रहेको छ। सोही आधारमा हेर्दा आगामी वर्षको बजेट अघिल्लो वर्षको तुलनामा करिब ८ प्रतिशतले बढी हुनेछ ।
तर, बजेटको स्रोत व्यवस्थापन पक्ष भने चुनौतीपूर्ण देखिएको छ। राजस्व संकलन लक्ष्यभन्दा धेरै कम छ । सस्तो लोकप्रियताका लागि भीमकाय बजेट ल्याउने र मध्यावधी समीक्षामार्फत घटाउँने पूरानै रोग लागेको छ । जुन पुन:दोहोरिने निश्चित छ ।