Nepal Purbadhar

गणतन्त्र दिवसमा प्रधानमन्त्रीको राजावादी समूह लक्षित सम्बोधन: जनताको अधिकार एउटा वंशमा केन्द्रित गर्न खोजिँदै छ


काठमाडौं । जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी समूह लक्षित अभिव्यक्ति दिएका छन् । 

प्रधानमन्त्री ओलीले जनताको निर्णय अधिकारलाई फेरि एउटा अभिजात वंशमा केन्द्रित गर्न खोज्ने प्रयास भईरहेको बताएका हुन् । उनले ईतिहासका विभिन्न कालखण्डमा निरंकुश राजतन्त्र र जनताबीच संघर्ष भएर जनतासँग भएका सम्झौता पटक पटक तोडेको हुकुमी राजतन्त्रलाई परास्त गर्दै जनताले गणतन्त्र स्थापना गरेको ओलीले बताए । 

जनताको निर्णय अधिकारलाई फेरि एउटा अभिजात बंशमा केन्द्रित गर्न खोज्ने प्रयास आज पनि भइरहेको छ “, उनले भने, “स्वतन्त्रताको अभ्यासमा हुर्केको आजको समाजले जनताको मतभन्दा शाही इशारा ठूलो हो किमार्थ भन्न सक्दैन ।” 

हजारौं शहीदको बलिदान र लाखौं नेपालीको सपनाभन्दा अढाइसय वर्षसम्म बदनाम शासन चलाएर देशलाई पछाौटे अवस्थामा पुर्‍याउने एउटा वंशको विशेषाधिकार कुनै अर्थमा पनि ठूलो हुन नसक्ने प्रधानमन्त्री  ओलीले बताएका छन् । उनले ईतिहास स्मरण र मनन गर्ने कुरा रहेको र बाँच्नु पर्ने वर्तमानमै रहेको पनि बताए । 

साथै उनले गणतन्त्रलाई नारामा मात्रै नभएर व्यवहारमा पनि संस्थागत गर्दै लैजानुपर्ने समेत बताएका छन् । 


Read Previous

टुँडिखेल भित्र भिभिआइपीको गणतन्त्र बाहिरबाट चिवाउँदै जनता 

Read Next

प्रतिव्यक्ति आय १५१७ डलर  पुग्यो, सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब