Nepal Purbadhar

कांग्रेसका पूर्व सांसद अफताब आलमलाई अदालतले दियो सफाई


काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद् अफताब आलमले उच्च अदालत वीरगञ्जबाट सफाई पाएका छन् । 

बम विस्फोट गरेर हत्या गरेको आरोपमा जिल्ला अदालत रौतहटले दोषी ठहर गरेर आलमलाई उच्च अदालत वीरगञ्जले सफाई दिएको हो । 

आलममाथि पहिलो संविधान सभाको चुनावको अघिल्लो दिन रौतहटको राजापुरमा बम बनाउने क्रममा अब बिस्फोट भई घाईते भएकालाई इँटाभट्टामा जलाएर हत्या गरिएको आरोप लागेको थियो । उक्त घटनामा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरुलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरिएको थियो । 

२०७६ असोजमा पक्राउ परेका उनीसहित चार जनालाई जिल्ला अदालत रौतहटले २०७९ मा जन्मकैद सजाय हुने फैसला सुनाएको थियो ।


Read Previous

भिजिट भिसा प्रकरण: गृहमन्त्रीले भने- राजनीतिक पूर्वाग्रहले प्रेरित षडयन्त्रमुलक आक्रमण भयो

Read Next

बजेट सार्वजनिक नहुँदै ईभीमा कर बढ्ने हल्ला: व्यवसायीलाई पार्किङदेखि ड्राइभरसम्मको चिन्ता!