Nepal Purbadhar

अन्नपूर्ण आधार शिविर पर्यटकले गुलजार


काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण हिमाल आधार शिविर जाने पर्यटकको चहलपहल बढेको छ ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकका कारण आधार शिविर गुलजार बनेको छ । 

default

आरोहीहरु आधार शिविर क्षेत्रमा टेन्ट टाँगेर बसेका छन् । आरोहण टोलीका साथै आन्तरिक पर्यटकहरुको पनि आधार शिविरमा आगमन शुरु भएको नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले जानकारी दिए । समुन्द्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरमा आरोहीका साथै घुमघामका लागि आन्तरिक पर्यटकहरु पनि आउने गर्छन् । 

मिस्त्री खोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न सकिन्छ ।

default

छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रंगको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो ।


Read Previous

होटेल व्यवसायी संघको पहलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा “यात्रु सहायता कक्ष” स्थापना हुने

Read Next

अनुगमनकै बेला ‘बत्ती गएको’ भन्दै झुटा खबर! ऊर्जा मन्त्रालय सर्तक