Nepal Purbadhar

पञ्चकन्या स्टिलको व्यापारमा २८ प्रतिशतको गिरावट


काठमाडौं । पञ्चकन्या स्टिल प्रालिको व्यापारमा गिरावट आएको छ । 

अघिल्लो वर्षको तुलनामा २०२४ मा कम्पनीको व्यापारमा २८ प्रतिशतको गिरावट आएको हो । २०२२ मा ६ अर्ब ७४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले २०२३ मा ५ अर्ब ११ करोडको व्यापार गरेको थियो । 

२०२४ मा कम्पनीको व्यापार ३ अर्ब ६७ करोड ७० लाख रुपैयाँमा सिमित भएको छ ।

२०२५ को सुरुवाती ९ महिनामा भने कम्पनीको व्यापार ३ अर्ब २३ करोड २० लाख पुगेको छ । २०२४ मा सोही अवधिमा कम्पनीको व्यापार २ अर्ब ५९ करोड ५० लाख रुपैयाँ भएको थियो । 

कम्पनीको व्यापारमा कमि आउँदा पिबिआईएलडीटी मार्जिन (ब्याज, लिज, मूल्यह्रास र कर तिर्नु अघि को नाफा)मा गिरावट भएको छ । 

२०२२ मा ६.२२ प्रतिशत कायम भएको मार्जिन २०२३ मा ९.५० प्रतिशत कायम भएको थियो । २०२४ मा भने कम्पनीको मार्जिन ७.८७ प्रतिशत कायम भएको छ । 

२९९५ मा सुरु भएको पञ्चकन्या स्टिल प्रालि नेपालको शिर्षमध्येको कम्पनीमा पर्छ । भैरहवामा उत्पादन कारखाना रहेको कम्पनीले वर्षेनी १ लाख ५० हजार मेट्रिक टन उत्पादन क्षमता रहेको छ । कम्पनीले पञ्चकन्या नाममा टिएमटी बारको बिक्री गर्दै आएको छ । देशभरमा ९० डिलर र सात वटा डिपो रहेको कम्पनी पञ्चकन्या ग्रुप अन्तर्गत रहेको छ । हाल कम्पनीमा सात बोर्ड सदस्य रहेकोमा अध्यक्षता भने प्रेम बहादुर श्रेष्ठले गरेका छन् । 

हालका लागि कम्पनीले ५ अर्ब १४ करोड ३१ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमा रेटिङ एजेन्सी केयर रेटिङ नेपालले कम्पनीलाई ६५ करोड ९२ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि बि प्लस र ४ अर्ब ४८ करोड ३८ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ । 


Read Previous

ईभी डुब्यो: अब के गर्ने?

Read Next

सडक विभागको महानिर्देशकको जिम्मेवारी डा.जैसीलाई, पोखरेल मन्त्रालय तानिए