Nepal Purbadhar

२ खर्ब बढीको निर्यातमा कुन वस्तुको कति हिस्सा?


काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो १० महिना (साउनदेखि वैशाखसम्म)मा किर्तिमानि निर्यात भएको छ ।

गत आवमा यहि अवधिमा भएको निर्यातको तुलनामा यो वर्षको निर्यात ७२.७१ प्रतिशतले बढेको हो । गत आवमा १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख रुपैयाँको निर्यात भएकोमा यो वर्ष २ अर्ब १७ करोड ९१ लाख रुपैयाँको वस्तु नेपालबाट निर्यात भएको छ ।

सबैभन्दा धेरै निर्यात भएको वस्तुमा प्रशोधित सोयाबिन तेल रहेको छ ।

भारततर्फ मात्र ३७ करोड किलोभन्दा बढी सोयाबिन तेल निर्यात गरेर सरकारले ७८ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी कमाएको छ। कुल निर्यात रकमको एक तिहाइभन्दा बढी यही एक वस्तुबाट आएको हो।

त्यसपछि दोस्रो स्थानमा रहेको छ सनफ्लावर (स्याफ्लोर) तेलको निर्यात भएको छ । सनफ्लावर तेल झण्डै ११ अर्ब रुपैयाँको निर्यात भएको हो । सनफ्लावर तेलको निर्यात पनि भारततर्फ भएको छ ।

त्यस्तै नेपालबाट धेरै निर्यात भएको तेस्रो वस्तु कार्पेट तथा टेक्सटायलसम्बन्धित वस्तु रहेका छन् । मुख्यतय यी वस्तु अमेरिकातर्फ निर्यात भएका छन्, जसबाट ५ अर्ब ३५ करोड रुपैयाँ कमाइ भएको छ।

ठूलो अलैंची (अलैची) पनि उल्लेखनिय मात्रामा निर्यात भएको छ । भारततर्फ ३६ लाख केजीभन्दा बढी अलैँची निर्यात हुँदा ६ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी आम्दानी गरिएको छ।

त्यस्तै, ६०० मिमि चौडाइको रोल गरिएको फलाम/स्टिल (अल्मुनियम-जिंकको लेपन भएका) ४ करोड २४ लाख केजी निर्यात भएको छ, जसबाट ४ अर्ब ७९ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ। यसको सम्पुर्ण निर्यात भारततर्फ भएको छ ।

जसमध्ये भारतमा करिब २ करोड ३३ लाख किलोभन्दा बढी निर्यात भएको यस वस्तुले २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी कमाइ दिएको छ।

जुट कपडा मात्रै ९५ करोड वर्ग मिटरभन्दा बढी भारत पठाइएको छ, जसले ४ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी आम्दानी दिएको छ। यस्तै, फलफूलको रस ४ अर्ब ५१ करोड, पलिएस्टर धागो ८ अर्बभन्दा बढी, र कालो चिया करिब ३ अर्ब ७० करोड रुपैयाँको निर्यात भएको छ।

संयुक्त राज्य अमेरिका निर्यात भएको वस्तुमा कुकुर तथा बिरालोका लागि खाना रहेका छन् । १८ लाख ९९ हजार केजी वस्तु निर्यात भएकोमा यसबाट ३ अर्बभन्दा बढी आम्दानी भएको छ।

नेपालबाट भारततर्फ २ अर्ब बढिको सिमेन्ट निर्यात

नेपालमा उत्पादन हुने सिमेन्टको एउटा प्रमुख बजार भारत पनि रहँदै आएको छ ।

चालु आवको पहिलो १० महिनामा भने नेपालबाट भारततर्फ २ अर्ब ४१ करोड ८८ लाख रुपैयाँ सिमेन्ट निर्यात भएको छ ।

नेपालबाट भारततर्फ निर्यात भएको सिमेन्टमा ४ लाख ८१ हजार ९२५ मेट्रिक टन सिमेन्ट क्लिंकर रहेको छ, जसबाट ६४ करोड ९२ लाख १९ हजार रुपैयाँ आम्दानी भएको छ । त्यस्तै, २ लाख ९० हजार १७९ मेट्रिक टन पोर्टल्यान्ड सिमेन्ट निर्यात हुँदा १ अर्ब ७६ करोड ९६ लाख ५६ हजार रुपैयाँ आम्दानी भएको छ । त्यससँगै अन्य किसिमका हाइड्रोलिक सिमेन्ट ४७५ किलोग्राम निर्यात भएको छ, जसबाट ११ हजार रुपैयाँ आम्दानी भएको छ ।


Read Previous

न्युरोडस्थित अभिमत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन अगाडि बचतकर्ता पीडितहरुको खबरदारी

Read Next

दुई महिना नबित्दै प्राधिकरणका प्रबन्ध निर्देशक शाक्यले प्रवक्ता फेरे, ढकाललाई दिइयो जिम्मेवारी

Nepal Purbadhar