
सांकेतिक तस्बिर
काठमाडौं । रसुवामा ठूलो परिमाणमा अवैध सुन बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय, रसुवाले तस्करीको सुन बरामद गरेको हो । सुनको परिमाण जोख्ने कार्य भइरहेको बताइएको छ। स्रोतका अनुसार ७ वटा बिस्कुट सुन बरामद भएको हो । एक जना चालकबाट उक्त सुन बरामद भएको हो । यसबारे विस्तृत विवरण खुलाइएको छैन् ।
नेपालमा सुन तस्करी बढ्दो छ । रसुवा नाका हुँदै ठूलो परिमाणमा सुन तस्करी हुने गरेको छ ।