Nepal Purbadhar

एमसीसीले घर भाडामै सक्यो १७ करोड २४ लाख


काठमाडौं । एमसीसी कम्प्याक्ट कार्यान्वयनका लागि बनेको एमसीए-नेपालले घरभाडामै १७ करोड २४ लाख रुपैयाँ खर्च गरेको पाइएको छ ।

सन् २०१७ डिसेम्बर ३३ मा एमसीए नेपालले घर भाडा  लिएको थियो । दरबार्गस्थित याक एण्ड यति होटलमा राखिएको छ ।

महालेखाको प्रतिवेदन अनुसार एमसीए नेपालले थप क्षेत्रफल आवश्यक देखाई सन् २०१८ अप्रिलमा संशोधन गरी १४ हजार ५८९ वर्गफिट पुर्‍याएको थियो । सो बापत प्रत्येक वर्षमा ५ प्रतिशत वृद्धि हुने गरी प्रतिवर्ग फिट १३८ रुपैयाँका दरले घर भाडा भुक्तानी गर्ने गरी सम्झौता गरेको ।

यसरी समितिले २५ लाख ७० हजार रुपैयाँ घर भाडाका दरले ३ करोड ८ लाख ३६ हजार रुपैयाँ  भुक्तानी गरि सोझै खरिद गरेको छ । प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकी अनुदान सहयोगको यो परियोजना अमेरिकाले बन्द गर्ने भएपछि नेपालमा भने के हुने टुंगो लागेको छैन् । एमसीए-नेपालले रातमाटे-नयाँ बुटव ४०० केभी प्रसारणलाइन र सडक निर्माणको काम सुरु गरेको छ ।


Read Previous

प्राविधिक कारणले साढे दुई घण्टा बत्ती गएको हो, लोडसेडिङ भएको होइन- हितेन्द्र देव शाक्य

Read Next

नेपाल इन्जिनियर्स एशोसिएसन र इन्जिनियरिङ परिषद्‌बीच समझदारी, नव इन्जिनियरहरूका लागि तालिम सञ्चालन हुने