Nepal Purbadhar

पटक पटक बत्ती गएपछि हितेन्द्र शाक्य पुगे स्युचाटार


काठमाडौं । ढल्केबर मुजफ्फरपुर ४०० केभी प्रसारणलाइनमा समस्या आएर देशभर पटक पटक लाइन गएपछि नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य स्युचाटार पुगेका छन् ।

स्युचाटारमा रहेको नेपालको एकमात्रै लोड डिस्प्याच सेन्टरमा उनी पुगेका हुन् । उनले प्रणाली सञ्चालन विभागको निरीक्षण गरेका छन् ।

ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारणलाइनमा समस्या आउँदा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा विद्युत एक घण्टा बढी अवरुद्ध भएको थियो ।


Read Previous

ढल्केबरमा समस्या आउँदा काठमाडौं अन्धकार, तस्बिरमा हेर्नुस्

Read Next

ज्याकारान्डाको सौन्दर्यमा रमाउनेहरु [फोटो फिचर]