Nepal Purbadhar

ढल्केबरमा समस्या आउँदा काठमाडौं अन्धकार, तस्बिरमा हेर्नुस्


काठमाडौं । ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारणलाइनमा समस्या आउँदा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा विद्युत अवरुद्ध भएको छ ।

उक्त प्रसारणलाइनको भारततिरको खण्डमा समस्या आउँदा बत्ती जाने/आउने समस्या भएको हो ।  नेपाल विद्युत प्राधिकरणका अनुसार अहिले उक्त प्रसारणलाइन काम भइरहेको छ । ‘काम भइरहेको छ । छिट्टै बत्ती आउने गरी काम भइरहेको छ । उपत्यकामा मात्रै होइन्, बत्ती जाने समस्या मध्य र पूर्वी नेपाल भरी नै छ,’ नेपाल विद्युत प्राधिकरणका  प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यको सचिवालयले भनेको छ ।

झण्डै १ घण्टादेखि देशका विभिन्न स्थानमा बत्ती गएर अन्धकार भएको छ । मानिसहरुले लामो समय बत्ती अवरुद्ध भएपछि आक्रोश पोख्दै सामाजिक सञ्जालहरुमा लेखेका छन् । कतिपयले लोडसेडिङ भएको भन्दै आक्रोश पोखेका छन् ।


Read Previous

किन गइरहेको छ देशभर बत्ती यस्तो छ कारण

Read Next

पटक पटक बत्ती गएपछि हितेन्द्र शाक्य पुगे स्युचाटार