
काठमाडौं । ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारणलाइनमा समस्या आउँदा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा विद्युत अवरुद्ध भएको छ ।
उक्त प्रसारणलाइनको भारततिरको खण्डमा समस्या आउँदा बत्ती जाने/आउने समस्या भएको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार अहिले उक्त प्रसारणलाइन काम भइरहेको छ । ‘काम भइरहेको छ । छिट्टै बत्ती आउने गरी काम भइरहेको छ । उपत्यकामा मात्रै होइन्, बत्ती जाने समस्या मध्य र पूर्वी नेपाल भरी नै छ,’ नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यको सचिवालयले भनेको छ ।
झण्डै १ घण्टादेखि देशका विभिन्न स्थानमा बत्ती गएर अन्धकार भएको छ । मानिसहरुले लामो समय बत्ती अवरुद्ध भएपछि आक्रोश पोख्दै सामाजिक सञ्जालहरुमा लेखेका छन् । कतिपयले लोडसेडिङ भएको भन्दै आक्रोश पोखेका छन् ।