Nepal Purbadhar

चैत्र मसान्तसम्म ११ खर्ब ९१ अर्ब रेमिट्यान्स भित्रियो


काठमाडौं । चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म देशमा पठाइने विप्रेषण आप्रवाह १० प्रतिशतले वृद्धि भई ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धिदर १७.२ प्रतिशत रहेको थियो।

अमेरिकी डलरमा हेर्दा, विप्रेषण आप्रवाह ७.३ प्रतिशतले बढेर ८ अर्ब ७४ करोड डलर पुगेको छ। गत वर्ष सो अवधिमा डलरमा विप्रेषण वृद्धि १५.२ प्रतिशत रहेको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार, समीक्षा अवधिमा देशको कुल खुद ट्रान्सफर आय १३ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिमा ११ खर्ब ७४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपाली कामदारको संख्यामा पनि उल्लेखनीय वृद्धि देखिएको छ। नयाँ (संस्थागत तथा व्यक्तिगत) श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ५८ हजार २२२ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६५२ पुगेको छ।

अघिल्लो वर्ष यिनै अवधिमा यो संख्या क्रमशः ३ लाख २७ हजार ८४२ र २ लाख ११ हजार २२६ थियो।

Facebook Comments

Read Previous

आवासीय चिकित्सकसँगको अतिरिक्त सुविधा तय गर्न स्वास्थ्य मन्त्री पौडेलद्वारा कार्यदल गठन

Read Next

सकियो नेपाल फिनटेक फेस्टिवलः नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र बनाइने

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar