Nepal Purbadhar

धितोपत्र बोर्डमा अख्तियारको छापा, लियो कागजात नियन्त्रणमा


काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डमा छानबिनका लागि छापा मारेको छ।

बुधबार दिउसो अख्तिपारले छापा मारेको हो ।

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिचौलिया पठाएर आइपिओ निष्कासनमा ५ देखि ७ प्रतिशत कमिसन मागेको आरोप लागेपछि अख्तियारले छापा मारेको हो । ऊर्जा प्रवर्धकहरुले बिचौलिया प्रयोग गरेर कमिसन मागेको प्रमाण अख्तियारलाई दिएपछि छापा मारेको हो । बोर्डका कर्मचारीसँग अख्तियारले बयान समेत लिएको ।

छानबिनको क्रममा अख्तियारले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि तयारी अवस्थामा रहेका ८९ वटा कम्पनीका दस्तावेज अख्तियारले संकलन गरेको छ।

Facebook Comments

Read Previous

१०६ मेगावाटको जगदुल्लाको ठेक्का १३ अर्ब ७३ करोडमा जेसीई/अनकले पायो

Read Next

प्रधानमन्त्रीको कडा निर्देशनपछि यसरी हुँदैछ त्रिवि क्रिकेट मैदानमा काम

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar