
काठमाडौं । भारतले ‘अपरेशन सिन्दूर’ नामक सैन्य अभियान सञ्चालन गर्दै पाकिस्तानभित्र रहेका नौ स्थानमा लक्षित मिसाइल आक्रमण गरेको छ।
भारतीय रक्षा मन्त्रालयले सार्वजनिक गरेको जानकारी अनुसार ती स्थानहरू भारतमाथि आतङ्ककारी गतिविधि योजना बनाउने केन्द्रहरू थिए। यो कारबाही अप्रिल २२ मा भारत-नियन्त्रित कश्मीरमा पर्यटकमाथि भएको आक्रमणपछि भएको हो, जसमा २६ जनाको मृत्यु भएको थियो। भारतले उक्त घटनाका लागि पाकिस्तानलाई जिम्मेवार ठहर गरेको छ।
वाशिङ्टनस्थित भारतीय दूतावासले विज्ञप्तिमार्फत् भनेको छ, “यस कारबाहीमा पहिचान गरिएका आतङ्ककारी शिविरहरूलाई मात्र लक्षित गरिएको हो र हमला पूर्ण रूपमा सटीक थियो।”
यता, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले भारतको आक्रमणलाई युद्ध निम्त्याउने खतरनाक कदमको संज्ञा दिँदै यसको कडा भर्त्सना गरेका छन्। उनले पाकिस्तान तर्फबाट यथोचित जवाफ आउने चेतावनीसमेत दिएका छन्।
यसबीच, संयुक्त राष्ट्रसंघले दुवै मुलुकलाई धैर्य र संयमता अपनाउन आग्रह गर्दै भनिएको छ, “दुई आणविक शक्तिबीचको द्वन्द्वले विश्वमै गम्भीर असर पार्न सक्छ।”क्षलाई संयम अपनाउन आग्रह गरेको छ । उसले भनेको छ, “दुई आणविक शक्तिहरूबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ ।”