Nepal Purbadhar

अप्पर अरुणले ४० मेगावाटको इखुवाखोला निर्माण गर्ने, प्रतिमेगावाट २२ करोड ८८ लाख लाग्ने


काठमाडौं । अप्पर  अरुणले हाइड्रोले ४० मेगावाटको इखुवाखोला निर्माण गर्ने भएको छ ।

कम्पनीले अरुण नदीको सहायक नदी इखुवा खोलामा निर्माण गर्न लागेको हो ।

प्रस्तावित आयोजना संखुवासभाको मकालु गाउँपालिका-४ मा निर्माण हुनेछ । आयोजना पेवा खोला र इखुवा खोलाको दोभानदेखि ५०० मिटर माथि निभारे गाउँ नजिकै निर्माण हुनेछ ।

६.२० मिटर अग्लो र १६ मिटर लम्बाइको बाँध निर्माण गरी ७.८०घन मिटर प्रतिसेकेण्ड  पानीको बहावलाई ग्राभेल ट्रयाप, कनेक्टिङ च्यानल हुँदै बालुवा थिग्र्याउने पोखरीमा पूर्‍याइ सफा पानीलाई ३.५०४ मिटर लम्बाइको सुरुङमार्फत सर्ज साफ्टमा पठाइनेछ । मकालु-४ कारमाराङमा रहेको विद्युत गृहमार्फत बिजुली उत्पादना हुनेछ ।

आयोजनाको ग्रस हेठ ५९६ मिटर र कुल हेड ५८६ मिटर हुनेछ ।

यो आयोजना निर्माणका लागि ४८ महिना समय लाग्ने छ । अहिले अध्ययनको काम सकेर वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतिको चरणमा छ । वन तथा वातावरण मन्त्रालयले उक्त प्रतिवेदन स्वीकृत गर्ने तयारी गरेको छ ।

यो आयोजना निर्माणका लागि प्रतिमेगावाट २२ करोड ८८ लाख रुपैयाँ लाग्नेछ ।


Read Previous

पाँचौं संस्करणको मेरोअटो मोटर र्‍याली सम्पन्न, अटो मोटिभ्सले बाड्यो शैक्षिक सामाग्री

Read Next

सार्वजनिक खरिद नियमावली संशोधन,सरकारका लागि फलिफाप कि अभिशाप!