
काठमाडौं । सरकारले चालु वर्ष आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान गरेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै यस्तो अनुमान गरेको हो । गत वर्ष आर्थिक वृद्धिदर ३.६७ प्रतिशत थियो ।
चालु वर्ष १५१७ डलर पुग्ने कार्यालयको प्रक्षेपण छ । अघिल्लो आर्थिक वर्ष प्रति व्यक्ति आय १४६७ अमेरिकी डलर थियो । यसअनुसार चालु वर्षप्रति व्यक्ति आय ५० अमेरिकी डलर बढ्ने अनुमान छ ।