Nepal Purbadhar

विद्युत प्राधिकरणको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज सार्वजनिक गर्न लागेको श्वेतपत्र  प्राविधिक कारण देखाउँदै स्थगित गरेको  छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले ११ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेका थिए । तर अन्तिम समयमा आएर अनिश्चित कालका लागि स्थगित गरेका हुन् ।

शाक्यको सचिवालयले भनेको छ- ‘अर्को सूचना नआउदासम्मको लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक ज्यूबाट श्वेतपत्र जारी गर्ने कार्यक्रम केहि प्राविधिक कारणले गर्दा स्थगित गरिएको व्यहोरा अनुरोध छ ।’


Read Previous

किमाथांका अरुणको ४५४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा ल्याउन सम्झौता

Read Next

सेबोनले आइपिओ रोक्दा जलविद्युतको विकास नै रोकिएको छ – इप्पान अध्यक्ष कार्कीको अन्तर्वार्ता