Nepal Purbadhar

किमाथांका अरुणको ४५४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा ल्याउन सम्झौता


काठमाडौं ।  ४५४ मेगावाटको किमाथांका अर्ध-जलाशययुक्त जलविद्युत आयोजनाले उत्पादन गर्ने बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न ग्रीड कनेक्सन एग्रीमेन्ट भएको छ ।

आयोजनाको विद्युत  प्रणालीमा ल्याउन  आयोजनाको पावरहावस देखि १८.५ किलोमिटर दुरीमा रहेको हाईटारमा रहेको ४०० केभी सबस्टेसनमा जोडिने भएको छ ।

सोमबार नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनी बीच कनेक्सन भएको छ ।  ‘यसले आयोजना निर्माण चरणमा लैजान थप हासिल भएको छ । यस प्रकृयामा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने आयोजना टिम लगायत कम्पनी सहित सबै प्रति आभारी हुनुको साथै धन्यवाद व्यक्त गर्दछु,’ विद्युत उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत बखत बहादुर शाहीले भने,’ प्राप्त यो माईलस्टोनले आयोजना निर्माण चरणमा प्रवेश गर्नको लागि थप सम्भावना बढेको छ र अब वित्त ब्यवस्थापन कार्य सम्पन्न गर्नका लागि सम्बन्धित सबैको मूल्यवान सहयोगको अपेक्षा गर्दछौं ।’

किमाथांका अरुण जलविद्युत आयोजना पिकिङ रन अफ दि रिभर (अर्ध-जलाशय) प्रकृतिको हो । आयोजना संखुवासभाको भोट खोला गाउँपालिका-२ मा निर्माण हुनेछ ।

यो आयोजनाको परामर्शदाता नेपाल विद्युत प्राधिकरणको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड हो । विस्तृत अध्ययन पूरा भइसकेको छ । यसका लागि ९३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतिवेदनअनुसार यो जलविद्युत आयोजनाको इन्टर्नल रेट अफ रिटर्न १३.५८ प्रतिशत रहेको छ । रिटर्न अन इक्विटी (आरओई) १६.८२ प्रतिशत छ । प्रतिकिलोवाट लागत २ लाख ६ हजार ६०८ रुपैयाँ रहेको छ ।


Read Previous

भोली ११ बजे प्राधिकरणको श्वेतपत्र जारी हुने, केके आउँदैछ ?

Read Next

विद्युत प्राधिकरणको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित