Nepal Purbadhar

नेपाल प्रहरीले भन्यो- दुर्गा प्रसाई हालसम्म पक्राउ परेका छैनन्


काठमाडौं । नेपाल प्रहरीले दुर्गा प्रसाई पक्राउ नपरेको बताएको छ ।

प्रहरीले विज्ञप्ती जारी गर्दै दुर्गा प्रसाई पक्राउ परेको भन्ने समाचार गलत भएको उल्लेख गरेको छ । बिहिबार प्रसाईले भारतको आसाम प्रहरीको सम्पर्क पुगेको र त्यहाँबाट पक्राउ गरेर नेपाल ल्याउन लागिएको समाचारहरु बाहिरिएका थिए ।

तीनकुनेको हिसांत्मक घटनापछि प्रसाई फरार भएका थिए । राजा फर्काउने भन्दै प्रसाईको नेतृत्वमा भएको आन्दोलनमा दुई जनाले ज्यान गुमाएका थिए । तोडफोड, लुटपाट,आगजनीजस्ता कार्यहरु भएका थिए ।

 


Read Previous

तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन भोली देखि सुरु हुँदै

Read Next

कुलमानलाई स्पष्टीकरण सोधेका सचिव आचार्यलाई राज्यमन्त्रीले सोधे २४ घण्टे स्पष्टीकरण