Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

मुग्लिन-पोखरा सडक खण्डमा विद्युतीय पाेल सार्ने कामले गति लियाे


तनहुँ । नेपाल विद्युत् प्राधिकरणले पृथ्वी राजमार्गको क्षेत्रमा विद्युतीय पाेल सार्ने कामलाई तीव्रता दिएको छ । यसल गर्दा मुग्लिन–पोखरा सडकखण्डको विस्तारको कामलाई सहज बनाएको छ ।

सडक विस्तारको मुख्य बाधकका रुपमा रहेको विद्युतीय पाेल सार्ने कामले गति लिएपछि सहज भएको पृथ्वी राजमार्ग, विस्तार पश्चिम खण्डका आयोजना प्रमुख प्रमुख इञ्जिनियर राजेश पौडेलले जानकारी दिए । प्राधिकरणले विद्युतीय पाेल धमाधम हटाउन थालेपछि विस्तारको काम गर्न थप सहज भएको उनले बताए ।

सडकखण्डअन्तर्गतका संरचना हटाउने क्रममा तनहुँ वितरण केन्द्रले आफ्नो क्षेत्रका बिजुलीका पोल धमाधम हटाएर नयाँ राख्ने काम गरिरहेको आयोजना प्रमुख पौडेलले बताए । पहिला सुस्तगतिमा खम्बा स्थानान्तरण हुँदा प्रभावित भएकामा हाल तीव्र रुपमा काम हुँदा तनहुँ क्षेत्रमा काम गर्न सहज भएको पनि उनले बताए ।

पुरानो खम्बा हटाएर नयाँ संरचना बनाउने काम हालसम्म ६५ प्रतिशत सकिएको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख इञ्जिनियर विजयराज रेग्मीले जानकारी दिनुभयो । सदमुकाम दमौलीमा सडक सीमाभित्रका संरचना हटाउन प्रभावितका कारण ढिलाइ भएको उनले बताए ।

उनका अनुसार नयाँ खम्बा राख्ने तथा प्रसारण लाइन सुधारअन्तर्गत ९६ करोड रुपैयाँ लागतमा खम्बा सार्ने काम भइरहेको छ । ५२ करोड रुपैयाँ सडक विस्तार आयोजनाको र बाँकी रकम प्राधिकरणको लागतमा काम भइरहेको उनले बताए । उनका अनुसार पहिला ११ मिटर अग्लो खम्बा भएकामा हाल १३ मिटर अग्लो खम्बा राखिएको छ ।

तनहुँ वितरणअन्तर्गतको २ खण्डमा विभाजन गरी काम भइरहेको छ । आँबुखैरेनीदेखि गुणादीसम्म झन्कार जेभीले र थर्पुदेखि मनहरीसम्म विडारी कन्ट्रक्सनले काम गरिहेको छ । एशियाली विकास बैंकको आर्थिक सहयोगमा मुग्लिन–पोखरा सडक सुधार तथा विस्तार आयोजनाअन्तर्गत नेपालका २ ठूला सहर–काठमाडौँ र पोखरा जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग अन्तर्गतको उक्त खण्डलाई कम्तिमा चार लेनको बनाउने भइरहेको छ ।

२०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारीसाधनको चाप बढेसँगै एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा र पश्चिम खण्डको ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर गरी ५० हुनेछ भने सहरी क्षेत्रका बाक्लो बस्ती भएका स्थानमा दुई तर्फी २३–२३ मिटरगरी ४६ मिटर चौडाइको सडक बन्नेछ । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४६ मिटरको सडक निर्माण हुनेछ ।

दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ । सडकलाई विस्तारगरी सहरी क्षेत्रमा सर्भिसलेनसहित ४ लेन र अन्यत्र ४ लेनमा विस्तार गरिने सम्झौतामा उल्लेख छ ।


Read Previous

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध   

Read Next

अपि पावरकाे चुक्ता पुँजी ६०० करोड पुग्याे, साढे ६२ मेगावाट विद्युत प्रसारण ग्रिडमा याेगदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *