Nepal Purbadhar

पूर्वाधार निर्माणलाई तीव्र गतिमा अगाडि बढाउनेछुः मन्त्री दाहाल


काठमाडौँ । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक पूर्वधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि उनले यस्ताे बताएका हुन् ।

“पूर्वाधार निर्माणका कामप्रति नागरिकका गुनासा बढेका छन्, ती गुनासा सम्बोधन गर्ने काम गर्नेछु ,”उनले भने ।

उनले यातायात क्षेत्रको सुधारका लागि मन्त्री दाहालले राष्ट्रिय यातायात नीति तर्जुमा गर्ने समेत उल्लेख गरे । उनले पछिल्लो समय सडक दुर्घटनाका घटना बढिरहेको भन्दै त्यसलाई कम गर्ने गरी नीति बनाउने प्रतिबद्धता जनाए ।

“सडक दुर्घटना बढिरहेका छन्, दुर्घटना न्यूनीकरणका लागि नीतिगत व्यवस्था तय गर्ने योजना बनाएको छु”, उनले भने, “ठप्प भएका विकासका कामलाई अगाडि बढाउने छु, निर्माण व्यवसायीहरुको बाँकी भुक्तानीका लागि प्रयास गर्नेछु ।”


Read Previous

ऊर्जा क्षेत्रका जानकार खड्कालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी

Read Next

मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानमा लाग्नेछु: मन्त्री यादव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar