काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले क्षेत्रीय विद्युत् व्यापारमा नेपालको ढोका खुलेको बताएका छन् । प्रतिनिधिसभाकाे बैठकमा शुक्रबार विश्वासको मत लिने क्रममा उनले यस्ताे बताएका हुन् ।
उनले अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माणको क्रम तीव्र गतिमा अगाडि बढेको बताए । “ऊर्जा क्षेत्रमा प्राप्त उपलब्धि लोभलाग्दो छ । प्रधानमन्त्रीका रूपमा मेरो दोस्रो कार्यकालमा देशले कहालीलाग्दो विद्युत्भार कटौतीबाट मुक्ति पायो । त्यतिखेर त्यो कसैले नसोचेको विषय सम्भव भएको थियो”,उनले भने ।
विद्युतकाे पहुँच नपुगेकाे नागरिक अब काेही बाँकी नरहेकाे बताउँदै उनले भाैगाेलिकरूपमा पनि चाँडै पूर्ण विद्युतीकरण हुने गरी सरकारले काम गरिरहेकाे बताए ।
उनले विद्युतकाे जडित क्षमता करिब ३ हजार २ सय मेगावाट पुगेको बताए । केही महिनामैँ करिब ५ सय मेगावाट थप हुने चरणमा पुगेकाे पनि उनले बताए ।
जलविद्युतमा निजी क्षेत्रको सहभागितालाई उच्च प्राथमिकतामा राखी हालसम्म १० हजार मेगावाट हाराहारीका विद्युत आयोजनासँग विद्युत् खरिद सम्झौता भइसकेको उनले जिकिर गरे ।
उनले हरेक वर्ष करिब १ हजार मेगावाट हाराहारीमा विद्युत् उत्पादन थपिँदै जाने चरणमा नेपाल पुगेको बताए । दाहालले सरकारी निकायबाट ठूला जलाशय र अर्धजलाशय आयोजना निर्माणको तयारी पूरा भएको समेत संसदमा गरिएकाे सम्बाेधनमा बताए ।