Nepal Purbadhar

लगानी सहजीकरण विधेयक प्रतिनिधिसभामा टेबुल


काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्राप्त ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ टेबुल भएको छ ।

सङ्घीय संसद् सचिवालयका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पति भई पारित भएको उक्त विधेयकलाई राष्ट्रियसभाको सन्देशसहित टेबुल गरेका हुन् । राष्ट्रियसभाबाट उक्त विधेयक आइतबार नै पारित भएको थियो ।

दुवै सदनबाट पारित उक्त विधेयक अब राष्ट्रपतिबाट प्रमाणीकरणपछि लागु हुनेछ । प्रतिनिधिसभाको अर्को बैठक यही असार २४ गते सोमबार बिहान ११ बजे बस्नेछ ।

Facebook Comments

Read Previous

नारायणी नदीको बाढीले झोलुङ्गे पुल बगायो

Read Next

वर्षाका कारण नारायणगढ-बुटवल सडक विस्तारको काम रोकियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar