Nepal Purbadhar

पहिराे खसेर अवरुद्ध बनेकाे कालीगण्डकी करिडोर सडक अझै खुलेन


बागलुङ । शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक नै भत्काएको छ । वर्षा नरोकिएसम्म सडक सञ्चालन गर्न नसकिने उनकाे भनाइ छ ।

यस्तै, शनिबार बिहानैदेखि करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउले खोला र जिमिरघाटमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द छ । सडक अवरुद्ध हुँदा आवत-जावत गर्न समस्या भएकाे छ ।

Facebook Comments

Read Previous

मुगु कर्णालीको विद्युत फुकोट सबस्टेसनमा जोडिने

Read Next

मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा बढ्याे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar