Nepal Purbadhar

जलस्रोत विधेयक-२०८१ संसदमा पेश


काठमाडौं । सरकारले जलस्रोत विधेयक-२०८१ संसदमा पेश गरेकाे छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छलफलका लागि विधेयक शुक्रबारकाे प्रतिनिधिसभा संसद बैठकमा पेश गरेकी हुन् ।

मन्त्री शर्माले जलस्रोत क्षेत्र र सोसम्बन्धी कानुनको सुधार तथा परिमार्जन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेकाले विधेयक छलफलका लागि संसदमा पेश गरिएकाे बताइन् ।

“जलस्रोत क्षेत्रको विकासमा जलस्रोत ऐन २०४९ उल्लेखनीय कानुनको रुपमा रहेको छ, हाल सरकारले पेश गरेको ऐनको कार्यान्वयनपश्चात् जलस्रोत विकास एवं व्यवस्थापन गर्ने कार्य एवं प्रक्रियालाई सुदृढ तथा आधुनिकीकरण गर्न सघाउ पुग्नेछ”, उनले भनिन् ।

उनले जलस्रोतको उपयोग, विकास र संरक्षणमार्फत समग्र राष्ट्रको विकासमा बहुआयामिक सोचमार्फत जलस्रोतको उत्पादकत्व वृद्धि गर्न यस ऐनको महत्त्वपूर्ण भूमिका रहने विश्वास लिएकाे बताइन् ।

Facebook Comments

Read Previous

करोडौँ खर्चिए पनि गण्डकीका चार विमानस्थल प्रयोगविहीन

Read Next

विद्युत वितरण प्रणाली नियन्त्रण र डाटा सेन्टरको उद्घाटन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar