Nepal Purbadhar

थानकोट-चित्लाङ सडकखण्ड असार २० सम्म बन्द हुने


काठमाडौं। गणेशमान मार्गअन्तर्गत थानकोट–चित्लाङ सडकखण्ड बिहीबारदेखि आगामी असार २० गतेसम्म बन्द हुने भएको छ । सडक निर्माण कम्पनीले सडकको ‘ग्रेड’ उच्च रहेको र चौडाइ कम भएका स्थानमा ‘ब्रेकर’ प्रयोग गरी ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्न लागिएको जनाउँदै ती दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म याे सडकखण्ड बन्द हुने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालद्वारा आज यहाँ जारी सूचनामा सडक निर्माणको ठेक्का प्राप्त कम्पनीको आग्रहमा सडक बन्द गरेर सडक विस्तार एवं स्तरोन्नति गर्न लागिएको उल्लेख छ ।

चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थ मन्त्रालयले गत माघ १२ गते गणेशमान मार्गलाई तत्काल स्तरोन्नति गर्न ८ करोड रुपैयाँ विनियोजन गरेको थियो । सो मार्गअन्तर्गत सेतो पहरो क्षेत्र उच्च दुर्घटनाग्रस्त मानिएको छ । गत पुस २८ गते सेतो पहरो क्षेत्रमा कार दुर्घटना हुँदा ५ जनाको अकालमा मृत्यु भएको थियो ।


Read Previous

ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी

Read Next

सडक पहुँच पुगेपछि रिग क्षेत्रमा थपिए भेडीगोठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar