Nepal Purbadhar

सहरी विकास मन्त्रालयलाई ९२ अर्ब ४३ करोड रुपैयाँ बजेट विनियाेजन  


काठमाडौं । सरकारले सहरी विकास मन्त्रालयका लागि सरकारले ९२ अर्ब ४३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।

मेलम्ची खानेपानी आयोजनाका लागि सरकारले ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री पुनले सन् २०३० सम्ममा सबैमा स्वच्छ खानेपानीको पहुँच पुर्याइने घोषणा गरे ।

सुन्दरीजलको पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गरिने सरकारको लक्ष्य छ । आगामी आर्थिक वर्षमा मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा थप ६ सय ४५ किलोमिटर पाइप बिछ्याउने लक्ष्य रहेको अर्थमन्त्री पुनले बताए ।

यसैगरी, सरकारले आगामी आर्थिक वर्षमा ३७ करोड लिटर फोहोर पानी संशोधन क्षमताको धोबीघाट प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने भएको छ । सरकारले धोबीघाट, सल्लाघारी, बालकुमारीमा फोहर पानी प्रशोधन केन्द्र निर्माण सुरु गर्ने भएको छ ।


Read Previous

भरतपुर-पोखरा-बुटवल जोड्न गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने   

Read Next

यस्ताे छ आर्थिक वर्ष २०८१/८२ काे बजेट (पूर्ण पाठ)