Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

माग अनुसार विद्युत आपूर्ति नहुँदा पर्सा र बाराका उद्याेग समस्यामा   


वीरगञ्ज। औद्योगिक नगरी बारा र पर्सामा विद्युत माग र आपूर्तिबीच सन्तुलन नमिल्दा ट्रिपिङ (झ्याप्प–झ्याप्प) विद्युत् कटौती हुने समस्या देखिएको छ । बारा र पर्साका औद्योगिक कोरिडोरमा दैनिक ३ सय मेगावाट विद्युत माग भए पनि अहिले २ सय मेगावाटको हाराहारीमा मात्रै  आपूर्ति हुँदा विद्युत कटाैतीकाे मार झेल्नु परेकाे हाे ।

माग अनुसारकाे विद्युत आपूर्ति हुन नसक्दा अहिले ट्रिपिङका कारण विद्युत लाइन झयाप्प–झ्याप्प  काटिने समस्या देखिएको छ । नेपाल विद्युत प्राधिकरण वितरण वीरगञ्ज वितरण केन्द्र प्रमुख अवधेशकुमार दुबेले विद्युतकाे माग र आपूर्तिबीच सन्तुलन नहुँदा बेला बखत ट्रिपिङ हुने समस्या रहेको बताए ।

“बारा–पर्सा औद्योगिक कोरिडोरमा तीन सय मेगावाट विद्युतकाे माग छ”, उनले भने, “रक्सौल–परवानीपुर १३२ केभीको प्रसारण लाइनबाट  १४० मेगावाट विद्युत भारतबाट आयात हुँदै आएको छ । अन्य ६० मेगावाट विद्युत ११ केभी फिडरबाट आपूर्ति हुँदै आएको छ ।”

प्रमुख दुबेले बारा–पर्साका औद्योगिक क्षेत्रलाई प्राथमिकताका साथ विद्युत उपलब्ध गराउँदै आएको बताए । बारा र पर्सामा अत्यधिक गर्मी बढेकाले घरासयी तथा औद्योगिक क्षेत्रको विद्युतकाे माग अत्यधिक बढिरहेकाले पनि बेला बखतमा ट्रिपिङ हुने गरेको उनकाे भनाइ छ ।

प्रमुख दुबेका अनुसार परवानीपुर–पिलुवा १३२ केभीको डबल सर्किट लाइनको प्रसारण लाइनमध्ये एउटा लाइनको कन्डक्टर अपग्रेडको काम भइरहेको छ ।

“कन्डक्टर अपग्रेडको काम केही समयभित्रै सक्ने प्रयास भइरहेको छ । त्यसपछि वितरण लाइनमा केही सहजता आउनेछ”, उनले भने । उक्त समस्या एक महिनाभित्र समाधान हुने उनले बताए । वीरगञ्ज वितरण केन्द्रअन्तर्गत कूल ५६ हजार ग्राहक छन् ।


Read Previous

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

Read Next

सबै स्थानीय तहको केन्द्रसम्म ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच 

Leave a Reply

Your email address will not be published. Required fields are marked *