Nepal Purbadhar

लगानी सहजीकरणसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेश   


काठमाडौं । प्रतिनिधिसभाको साेमबारकाे बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८१’ पेस भएको छ । सभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त अध्यादेश पेस गरेका हुन् ।

यसक्रममा मन्त्री भण्डारीले नेपालमा लगानीको वातारण सहज बनाउन आयोजना गरिएको लगानी सम्मेलन-२०८१ का क्रममा नीतिगत सुधार तथा कानुन परिमार्जन गर्नका लागि लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश जारी गरिएको बताए ।

याे समयमा संसद् अधिवेशन चालु नभएकाले अध्यायदेश ल्याइएको उनले स्पष्ट पारे । प्रस्तुत विधेयकले स्टार्टअप उद्योग दर्ता, उद्योगको सञ्चालन म्याद थप, विदेशी लगानी प्रविधि हस्तान्तरण गर्ने विषयमा थप स्पष्टता, करारमा वस्तु उत्पादन गर्ने विषय र विशेष आर्थिक क्षेत्रका उद्योगले पाउने सहुलियतलाई वृद्धि गरेको मन्त्री भण्डारीले जानकारी दिए ।


Read Previous

फिनल्याण्डले नेपालकाे जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड रुपैयाँ अनुदान दिने   

Read Next

जोमसोम-कागबेनी सडकमा कालोपत्रकाे काम सुरु