Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे


काँर्केविहार । कर्णाली प्रदेश सरकारले निर्माणाधीन १३२ केभी कोहलपुर–सुर्खेत  प्रसारण लाइनमा देखिएका समस्याबारे चासाे देखाएकाे छ । प्रदेश सरकारले प्रसारण लाइन निर्माणमा भइरहेकाे ढिलाइबारे चासाे देखाएकाे हाे ।

प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आइतबार आयोजना प्रमुखसिहतका कर्मचारी तथा प्राविधिकसँग प्रसारण लाइन निर्माणमा आएकाे समस्या समाधानका लागि छलफल गरे । छलफलमा मुख्यमन्त्री कँडेलले प्रसारण लाइन निर्माणमा देखिएका समस्या र समाधानका लागि भइरहेका पहलबारे चासो व्यक्त गरे ।

छलफलमा आयोजना प्रमुख रविकुमार चौधरीले सुर्खेतको सुब्बाकुना, बाँकेको गाभर र निकुन्ज क्षेत्रभित्र भएका समस्यबारे मुख्यमन्त्री कँडेललाई जानकारी गराए । संघ सरकारको मताहातमा रहेको सो प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेत र जिल्ला प्रशासन कार्यालय बाँकेसँग समन्वय आवश्यक रहेको प्रमुख चौधरीको भनाइ थियो ।

अहिले ३२ केभी प्रशारण लाइनको पुरानो लाइनबाट कर्णालीमा विद्युत् सेवा सञ्चालनमा भइरहेको छ । पटक–पटक म्याद थपेर सो प्रसारण लाइनको काम भइरहेको छ । निकुन्जभित्र रुख कटानदेखि कटान गरिएका रुख बराबरको जमिन निकुन्जलाई उपलब्ध गराउने सम्मका काम भइरहेका छन् । ३३ केभी प्रसारण लाइनलाई विस्थापित गरी कर्णालीमा भरपर्दो विद्युत् सेवा दिन १३२ केभी कोहलपुर–सुर्खेतमा सुरु गरिएको प्रसारण लाइनको निर्माण अझै ढिलो भएपछि मुख्यमन्त्रीले चासो देखाएका हुन् ।

प्रसारण लाइन निर्माणको जिम्मा लिएको भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले २०७६ असार २२ गते ठेक्का लिई काम सुरु गरेको थियो । तर लामो समयसम्म प्रसारण लाइनको काम पूरा नगर्दा कर्णालीमा विद्युत्को समस्या हुँदै आएको छ । सम्झौता भएको मितिले दुई वर्षभित्र निर्माण कम्पनीले विद्युत् प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्टको खरिदलगायत सम्पूर्ण काम गरिसक्नुपर्ने भए पनि अझै काम सम्पन्न हुनसकेको छैन ।

कम्पनीले विभिन्न कारण देखाउँदै २०७८ भदौदेखि काम सुरु गरेकाले ढिला भएको हो । निर्माण कम्पनीले कतै पनि अवरोध नभए आगामी दसैँसम्म काम पूरा हुने बताएको छ । प्रसारण लाइन निर्माणका लागि ६३ बिघा जमिन खरिद गरेर बर्दिया राष्ट्रिय निकुञ्जलाई दिइसकेकाले अब सो क्षेत्रमा पर्ने १३ हजार रुख कटान हुने आयोजनाले जनाएको छ । त्यसमध्ये सुर्खेतमा छ हजार आठ सय ८०, बर्दियामा तीन हजार तीन सय २०, बाँकेमा २ हजार ९ सय १९ वटा रुख कटान गर्नुपर्नेछ ।

आयोजनाको ईआईए प्रतिवेदनमा ७०.५४६ प्रतिशत क्षेत्रफल वनको, १५.१३५ खेतीयोग्य जमिन, २.२६५ बाँझो जमिन र ११.०६५ अन्य भाग रहेको छ । आयोजना निर्माणका लागि एङ्गल टावर २६ वटा रहनेछन् भने आयोजनामा कूल टावरको सङ्ख्या एक सय ४५ वटा रहनेछन् । आयोजना निर्माणका लागि १  अर्ब रुपैयाँ बढी लागत अनुमान गरिएको छ ।

सुर्खेत वीरेन्द्रनगरको धुलियाविट सबस्टेशन निर्माणको काम पनि चलिरहेको छ भने २५ किलोमिटरभन्दा बढी तार तान्ने काम पनि सकिएको आयोजना प्रमुख चौधरीले बताए ।  प्रसारण लाइन बिस्तारको काम पूरा भएपछि कर्णालीमा विद्युत् आपूर्तिमा भइरहेको ८० प्रतिशत समस्या समाधान हुने बताइएको छ ।

भेरी करिडोरभित्र निर्माण हुन लागेका विभिन्न आयोजनाबाट उत्पादन भएका विद्युतसमेत यहीबाटै मुख्य लाइनमा जडान हुनेछन् । ४१७ मेगावाटकाे नलगाड , १०६ मेगावाटकाे जगदुल्ला, ७ मेगावाटकाे ताक्सुगाड लगायत  जलविद्युत् आयोजनाकाे विद्युत याे प्रसारण लाइनमार्फत प्रवाह हुनेछ ।


Read Previous

ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन्

Read Next

वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती   

Leave a Reply

Your email address will not be published. Required fields are marked *