Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण   


मलेखु ।  सडक खनेको ४ दशकपछि धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा पुल (बेली ब्रिज) निर्माण गरिएको छ । उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा निर्माण गरिएको पुलमा सवारीसाधन ओहोर दोहोर गराउन थालिएको छ ।

उत्तरी धादिङको तीन गाउपालिकालाई प्रत्यक्ष लाभ पुर्याउने पुलको आइतबार सङ्घीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले संयुक्तरुपमा उद्घाटन गरे । खनियाँबास–४ र नेत्रावती डबजोङ गाउँपालिका–१ जोड्ने किन्ताङखोलामा बनेको उक्त पुल ४२.६७ मिटर लामो र  ४.२ मिटर चौडा रहेको छ ।

नेपाली सेनाको प्राविधिक सहयोगमा सो पुल निर्माण सम्पन्न भएको हो । वर्षाको समयमा पानी बढेपछि खोला तर्न नसक्दा उत्तरी धादिङका स्थानीयलाई सदरमुकामबाट दैनिक उपभोग्य सामान लैजानसमेत कठिनाइ थियो । बिरामी पर्दा हेलिकप्टरको सहारा लिनुपर्ने बाध्यता थियो । उनीहरु अब त्यो बाध्यताबाट मुक्त भएका छन् । उत्तरी धादिङलाई जोड्न अझै दुई पुल बनाउन आग्रह गरिएको सांसद अधिकारीले बताए ।

कूल  एक करोड १० लाख रुपैयाँ लागतमा याे पुल निर्माण गरिएको हो । पुल निर्माणकोे खर्च सुरुमा खनियाँबास गाउँपालिका र पछि नुवाकोटको किस्पाङ गाउँपालिका, गङ्गाजमुना गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाले सहयोग गरेको खनियाँबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले बताए ।

धादिङको उत्तरी भेगलाई सदरमुकाम धादिङबेँसी जोड्ने यो नै मुख्य मार्ग भएकाले पुल निर्माणले जनजीवन सहज र उत्पादित कृषिजन्य उत्पादन बजारसम्म लैजान सकिने उनकाे भनाइ छ ।

ट्रयाक खोलिएको झन्डै चार दशकपछि पुल निर्माण हुँदा उत्तरी क्षेत्रका स्थानीय खुसी छन् । “पुल बनेपछि हामीलाई घरकै ढोका खुलेकोजस्तै अनुभव भइरहेको छ”, स्थानीय प्रकाश तामाङले भने,“सडक भएर पनि पुल नहुँदा घन्टौँ लगाएर हिँडेरै यात्रा गर्न बाध्य थियौँ । कृषिजन्य उत्पादन गाउँमा हरेक वर्ष कुहिएर जान्थ्यो । अब कृषिजन्य उत्पादन गाडीमा बजारसम्म लगेर बिक्री गर्ने र घर खर्च चलाउने, चाडपर्व मनाउने धोको पूरा हुने भएको छ ।”

नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्रि ए र थ्रि बिको स्वामित्वमा रहेको बेली ब्रिज बेत्रावतीबाट ल्याएर किन्ताङफेदीमा जडान गरिएको हो । गत असोज १२ गते शिलान्यास भएसँगै नेपाली सेनाको १४ नम्बर बाहिनीअड्डाको प्राविधिक सहयोगमा पुल निर्माण सम्पन्न भएको हो ।


Read Previous

पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी

Read Next

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी   

Leave a Reply

Your email address will not be published. Required fields are marked *