Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

मोबाइल इभी चार्जिङ स्टेसन भविश्यमा उत्कृष्ट प्रविधि बन्न सक्छ: कुलमान


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मोबाइल विद्युतीय गाडी ( इभी) चार्जिङ स्टेसन भविश्यमा उत्कृष्ट प्रविधि बन्ने बताएका छन् । अमेरिकी विकास साझेदार युएसएड अन्तर्गतको ऊर्जा नेपाल परियोजनाको आर्थिक अनुदान सहयोगमा निर्माण सम्पन्न इभी मोबाइल चार्जिङ स्टेसनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मोबाइल चार्जिङ स्टेसन बोकेको गाडी सडकमा घुमिरहने भएकाले विद्युतीय सवारी प्रयोगकर्ताले सहजता हेरेर जुनसुकै स्थानमा चार्ज गर्न सक्ने हुँदा यात्री डिजाइन स्टुडियोले पहिलो पटक नेपालमा सुरु गरेको यो व्यवसायिक मोडल भविश्यमा उत्कृष्ट नमूना बन्ने सम्भावना रहेको उनले बताए ।

मोबाइल चार्जिङ स्टेसन मोडलको व्यवसाय आगामी दिनमा उत्कृष्ट हुन सक्ने उनले बताए । विद्युतीय सवारी साधनको संख्या बढ्दै गएकाले भविश्यमा यो मोडल अझै प्रभावकारी हुने उनले बताए ।

उनले विद्युत प्राधिकरणले इभी चार्जिङ स्टेसन व्यवसायमा आउने निजी क्षेत्रलाई प्रोत्साहन गर्न सहजीकरण गर्दै आएको बताए । विद्युत प्राधिकरणले इभी चार्जिङ स्टेसन व्यवसायमा निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्नकै लागि सुरुवातमा देशका विभिन्न स्थानमा ५१ वटा चार्जिङ स्टेसन निर्माण गरेको बताउँदै उनले त्यसपछि नै यो क्षेत्रमा निजी बढ्दै गएको बताए ।

उनले अहिले इभी चार्जिङ स्टेसन व्यवसायमा आउने निजी कम्पनीलाई प्राधिकरणले चार्जिङ स्टेसन राख्ने लोकेशन र ट्रान्सफर्मर उपलब्ध गराउन सहजिकरण गर्दै आएको पनि बताए । ६ वर्ष पहिले पहिलोपटक नर्बेमा इभी चार्जिङ स्टेसन देखेको र नेपालमा पनि जलविद्युत उत्पादन बढ्दै गएकाले पेट्रोलियम इन्धनको खपत घटाउन यो अवधारणामा जानुपर्ने आवश्यकता महसुस गरी लगानी प्रोत्साहन गर्दा सफल हुँदै गएको उनले बताए ।

‘६ वर्ष पहिला नर्वे जाँदा इभी चार्जिङ स्टेसन त्यही देखेको थिएँ । नेपालको विद्युत पनि स्वच्छ ऊर्जामा पर्ने हुँदा विद्युतीय सवारी प्रवद्र्धन गर्न ढिलो गर्नु हुँदैन भनी आफैँले ५१ चार्जिङ स्टेसन बनाउने योजना कार्यान्वयन गर्यौं’, उनले भने, ‘प्राधिकरणबाट भएको सुरुवातले आज ६ वर्षपछिको अवस्था हेर्दा देशभरमा धेरै चार्जिङ स्टेसन बनिसकेका छन् ।’

उनले काठमाडौँ उपत्यकामा भन्दा बाहिरका सहरमा गुड्ने विद्युतीय सवारी साधनको संख्या बढिरहेकाले ती क्षेत्रमा पनि इभी चार्जिङ स्टेसनको संख्या थप्नु पर्नेमा जोड दिए । अहिले सञ्चालनमा रहेका चार्जिङ स्टेसनको तुलनामा विद्युतीय सवारीको संख्या तीव्ररुपमा बढीरहेकाले निजी क्षेत्र यो व्यवसायमा आउन आवश्यक रहेको उनले बताए ।

२ वटा निजी कम्पनीले युएसएड ऊर्जा नेपालको अनुदान सहयोगबाट निर्माण गरेका २३ वटा चार्जिङ स्टेसन सञ्चालनले पनि विद्युतीय सवारी प्रवर्द्धनमा ठूलो योगदान पुग्ने उनको भनाइ छ । उनले अहिले इभी चार्जिङ स्टेसन व्यवसायमा निजी क्षेत्र विस्तारै आइरहेको र यो संख्या अझै बढ्न आवश्यक रहेको बताए । अनुदान सहयोगमा बनेका चार्जिङ स्टेसनले निजी क्षेत्रको थप लगानी लगानी इभी चार्जिङ स्टेसन व्यवसायमा आउने उनले विश्वास व्यक्त गरे।

अमेरिकी विकास साझेदार युएसएड नेपाल अन्तर्गतको ऊर्जा नेपाल परियोजनाको आर्थिक अनुदान सहयोगमा बागमती प्रदेशमा २३ वटा विद्युतीय गाडी  चार्जिङ स्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । निजी क्षेत्रले ऊर्जा नेपालको अनुदान कार्यक्रम अन्तर्गत प्रदेशका ७ स्थानमा निर्माण सम्पन्न गरेका यी चार्जिङ स्टेसनहरू सञ्चालनमा आएका हुन् ।


Read Previous

विनियाेजित बजेट सकिएपछि महाकाली करिडोर सडक योजनाकाे काम प्रभावित   

Read Next

तेस्राे लगानी सम्मेलनमा १२५ आयोजना ‘सोकेस’मा राखिने, ११ सय बढीलाई निम्ताे   

Leave a Reply

Your email address will not be published.