Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

भेरी करिडाेर सडक आयाेजनाकाे काम अस्तव्यस्त, स्तराेन्नति नहुँदा सर्वसाधारणलाई सास्ती  


जाजरकोट । भेरी करिडोर  निर्माण हुने पुल तथा सडक आयाेजना अस्तव्यस्त बनेका छन् । करिडाेरका विभिन्न खण्डमा निर्माण प्रस्ताव गरिएका ११८ किलाेमिटर सडक आयाेजनाकाे काम अस्तव्यस्त बनेकाे हाे ।

अहिले कूल सडक मध्ये करिब ५६ किलाेमिटर सडक खण्डमा कालोपत्रको काम भइरहेको छ । बाँकी ६२ किलाेमिटर खण्डमा हालसम्म बोलपत्र आह्वान  नै भएको छैन । नेपाली सेनाले अस्थायी ट्र्याक खोलेर सरकारलाई हस्तान्तरण गरिसकेको सडकको स्तरोन्नति नहुँदा दैनिक यस क्षेत्र भएर यात्रा गर्ने सर्वसाधारणलाई समस्या हुँदै आएको छ ।

जाजरकोटको पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्मको कच्ची सडकमा कालोपत्रको काम यति बिल्ड्रसले गरिरहेको छ । यही सडकमा क्याराभान कन्स्ट्रक्सनले ५ वटा पुल निर्माण गर्नुपर्ने भएपनि हालसम्म काम नगरी अलपत्र छाेडेकाे छ । बाँकी ६२ किलाेमिटर अर्थात तल्लुबाट डोल्पाको दुनैसम्मका लागि बोलपत्र आह्वान नभएको भेरी करिडोर सडक आयोजना कार्यालयले जनाएको छ ।

तल्लुबाट दुनैसम्म अस्थायी ट्र्याक निर्माण भएसँगै यातायातका साधन सञ्चालन भए पनि सडक कालोपत्र नहुँदा समस्या हुन थालेको स्थानीय बताउँछन् । दुनै ल्यासिक्या सडक खण्डमा २०७८ चैत १७ गते निर्माणको ठेक्का लगाइए पनि हालसम्म १० प्रतिशत मात्रै काम हुँदा दुनैबाट उपल्लो डोल्पा जान निकै सास्ती हुँदै आएको छ ।

डोल्पाको काइके गाउँपालिकाले सडक आयोजना निर्माण गर्नका लागि भेरी करिडोरलाई पटक–पटक अनुरोध गरेपनि निर्माण व्यवसायी र करिडोरले बेवास्ता गरेको गाउँपालिकाका अध्यक्ष अङगद रानाले बताए । गाउँपालिकाबाट भेरी करिडोर र निर्माण व्यवसायीलाई आधादर्जन पत्र पठाउँदा पनि हालसम्म सुनुवाइ नभएको उनले बताए । उनका अनुसार करिडोरलाई पत्राचार गरिएका पत्र सामाजिक सञ्जालमा सार्वजानिक गर्दै भेरी तत्काल निर्माण व्यवसायीलाई काममा फर्काउन आग्रह गरिएको छ ।

सोही खण्डअन्तर्गत पाँच वटा पुल अलपत्र पारेको क्याराभानले पनि कामलाई निरन्तरता दिन सकेको छैन । सडक डिभिजन चौरजहारीबाट भेरी करिडोर अलग बनाएर कामको सुरुवात गरेपछि यो आयोजना झनै लथालिङ्ग बनेको भएको छ । यहाँ एक वर्षको अवधिमा दुईजना कार्यालय प्रमुख फेरिसकेको अवस्था छ ।

आयोजना प्रमुख परिवर्तन भइरहने तर काम नगर्दा डोल्पा, जाजरकोट र रुकुम पश्चिमका सर्वसाधारणलाई करिडोर भएर आवतजावत गर्न हुँदै आएको छ । काइके गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सम्झाना पराजुलीले करिडोरलाई पत्राचार गरे पनि कुनै जवाफ नआएको बताए । काम छिटो सम्पन्न भए दुनैबाट माथिल्लो जान र आउन सजिलो हुनुका साथै दैनिक उपभोग्य सामग्री ढुवानीमा सहजता आउने उनकाे भनाइ छ ।

तल्लुबाट दुनैसम्म निर्माण हुने सात पुल अझैँ निर्माण सुरु गरिएको छैन । डोल्पाको ठूलीभेरीस्थित रुपगाडको पुलसमेत लथालिङ्ग भएको छ । आयोजनाको निगरानी नहुँदा निर्माण व्यवसायीको मनपरीका कारण अलपत्र परेको छ ।

भेरी कोरिडोर (जाजरकोट–दुनै–मरिम–तिन्जे धो) सडक योजनाका प्रमुख सुनिल रञ्जीतकारले लथालिङ्ग भएको आयोजनालाई ट्र्याकमा ल्याउने काम सुरु गरिएको बताउनुभयो । अहिले आयोजनाको म्याद थपका लागि पहल भइरहेको उनले बताए ।

त्रिदेशीय सडकका रुपमा स्थापित हुन थालेको भेरी कोरिडोर (सुर्खेत, जाजरकोट–दुनै–मरिम–तिन्जे धो) सडक भारत नेपाल र चीनलाई जोड्नुका साथै कर्णाली करिडोर र पुष्पलाल मध्यपहाडी लोकमार्गसँग जोडिएको छ ।


Read Previous

बंगलादेशसँग विद्युत् व्यापारको नजिक पुगेका छौं : प्रधानमन्त्री दाहाल   

Read Next

भुक्तानी राेकिँदा १० दश करोड लागतको पुल निर्माण अलपत्र   

Leave a Reply

Your email address will not be published. Required fields are marked *