Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

भरतपुरको क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान   


चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र अह्वान गरेको छ । धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रङ्गशाला महानगरपालिकाले आफैँ निर्माण गर्ने गरी आज बोलपत्र आह्वान गरेको हो ।

महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार एक अर्ब २७ करोड ४८ लाख ८५ हजार रुपैयाँ लागतमा रङ्गशाला निर्माण गर्न बोलपत्र आह्वान गरिएको हो । यसअघि वनाइएका संरचनाको समेत उपयोग गर्नेगरी निर्माण गर्न बोलपत्र आह्वान गरिएको उनले बताए ।

भरतपुर महानगरपालिका-१५ रामपुरमा निर्माणाधीन रङ्गशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा थियो । रङ्गशालामा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुईवटा टावर निर्माण हुनेछ ।

बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा रङ्गशाला निर्माण गर्न लागिएको हो । सत्तरी प्रतिशत बागमती प्रदेश सरकार र ३० प्रतिशत महानगरपालिकाले लगानी गर्नेगरी निर्माण गर्न लागिएको हो । महानगरपालिकाले गर्ने साझेदारीमा सङ्घीय सरकारले समेत सहयोग गर्ने जनाइएको छ ।

महानगरपालिकाका प्रमुख रेनु दाहालले ‘भ्रमण वर्ष २०२४’ को एउटा आकर्षक गन्तव्य रङ्गशाला भएकाले सकारात्मक सन्देशका लागि भ्रमण वर्ष उद्घाटनअगावै बोलपत्र आह्वान गरिएको जानकारी दिए ।

“यो हाम्रो सङ्कल्प थियो । आज पूरा भएको छ”, उनले भने , “लामो समयको अथक मेहनत, प्रयास र तत्परताले रङ्गशाला निर्माण सुनिश्चित भएको छ । यसले नेपाली खेलकुद जगत्का लागि उत्साह थपिएको छ ।” उनले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता यही मैदानमा खेलाउने गरी तयारी गरिएको बताए ।

गत कात्तिक २३ गते नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, मोरङको विराटनगर र काठमाडौँको मूलपानीलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो ।

रङ्गशाला निर्माणका लागि छनोट भएको कम्पनीले दुई वर्ष ६ महिनाभित्र रङ्गशाला बनाइसक्नु पर्नेछ । रङ्गशालाको सबै काम पूरा गर्न ३  अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने छ । पहिलो चरणको काम पूरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ । पहिलो चरणको काम सम्पन्न भएसँगै खेल खेलाउन मिल्ने छ ।

महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले त्रिभुवन विश्वविद्यालयसँग ३० वर्षका लागि जग्गा भाडामा लिएर रङ्गशाला निर्माण अघि बढाइएको बताए । यो समय सकिएपछि थप गर्न मिल्नेगरी कृषि तथा वन विज्ञान विश्वविद्यालयको सहमतिमा जग्गा लिइएको उनकाे भनाइ छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिघा छ कठ्ठा जग्गामा रङ्गशाला निर्माण थालिएको थियो ।

२०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेसनबीच निर्माणका लागि सम्झौता भएको थियो । अधिकारीले फाउण्डेसनले काम गर्न नसकेर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेसँगै सङ्घ र प्रदेशसँग समन्वय गरेर रङ्गशाला निर्माण गर्न लागिएको बताए । “महानगरको यो महत्त्वपूर्ण आयोजना हो । अब बन्ने सुनिश्चित भयो,”उनले भने ।

फाउण्डेसनले निर्माणका क्रममा तिर्नुपर्ने बाँकी भुक्तानी निर्माणका क्रममा लगाइएको महायज्ञमा घोषणा गरिएको बाँकी रकम उठाएर भुक्तानी गर्ने सहमति भएको छ । यसका लागि समिति निर्माण गरेर काम गर्ने तयारी गरिएको छ ।


Read Previous

गण्डकी प्रदेशका ६५ पूर्वाधार आयोजना ठेक्कामा लैजान स्वीकृति

Read Next

वायुसेवा निगम सुधार कार्यन्वयन सिफारिस समितिले बुझायो चौथो प्रतिवेदन   

Leave a Reply

Your email address will not be published. Required fields are marked *