Nepal Purbadhar

पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्य बढ्यो   


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बिहीबारकाे बैठकले गए राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो ।

पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएकाे छ ।

नयाँ मूल्य समायाेजनपछि पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः १६९.५०, १७१ र १७२ तथा डिजेल/मटिटेल क्रमशः १५७.५०रुपैयाँ , १५९ रुपैयाँ र १६० रुपैयाँ  पुगेकाे निगमले जनाएकाे छ ।

इण्डियन आयल कर्पोरेसनबाट  प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १.८३ रुपैयाँ र डिजेलमा प्रतिलिटर १.५६ रुपैयाँ बढेर आएकाले बढाएर मूल्य समायाेजन गर्नु परेकाे निगमले जानकारी दिएकाे छ ।


Read Previous

कालीकाेटकाे लालुगाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत

Read Next

नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत परीक्षण उडान भर्ने