Nepal Purbadhar

सञ्चालनमा आएकाे ३५ दिनमा सौर्य विद्युत आयाेजनाबाट ८ लाख युनिट विद्युत् उत्पादन


झापा । झापाको शिवसताक्षी–४ स्थित झापा इनर्जीले लगानी गरी निर्माण गरेकाे १० मेगावाटकाे साैर्य विद्युत आयोजनाले ८ लाख युनिट विद्युत् उत्पादन गरेको छ । निर्माण सम्पन्न भएपछि विद्युत उत्पादन थालेकाे याे साैर्य विद्युत आयोजनाले ३५ दिनको अवधिमा ८ लाख युनिट विद्युत प्रसारण प्रणालीमा याेगदान गरेकाे हाे ।

कोशी प्रदेशको ठूलो मानिएकाे याे सौर्य विद्युत आयोजना पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही माघ २३ गते उद्घाटन गर्ने कार्यक्रम रहेको झापा इनर्जीका सञ्चालक सुवास भट्टराईले जानकारी दिए । उनका अनुसार परियोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणकाे प्रसारण प्रणालीमा जडान भइसकेको छ ।

आयोजना निर्माण सम्पन्न हुँदा करिब ८७ करोड रुपैयाँ लगानी लागेकाे भट्टराईले बताए । विद्युत उत्पादन सुरु भइसकेकाले अब आयोजना स्थल वरपरकाे भइरहेको प्रवर्द्धक कम्पनीले जनाएको छ । सौर्य ऊर्जा उत्पादनसँगै पर्यटनसँग जोड्ने उद्देश्यले काम थालिएको झापा क्षेत्र नं ४ का सांसद एलपी साँवाले बताए ।

परियोजना र प्राधिकरणबीच २०७८ मङ्सिर १२ गते विद्युत् खरिद सम्झाैता (पिपिपए) भइसकेकोमा प्राधिकरणले उत्पादित विद्युत प्रतियुनिट ७.३० रुपैयाँमा खरिद गरिरहेकाे छ । मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउन निजी क्षेत्रको प्रयासका रुपमा सुरु भएको परियोजनाको शिलान्यास २०७८ मा तत्कालीन संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए ।

विद्युत प्राधिकरण दमकका प्रमुख परितोष चौधरीले आयोजनाले उत्पादन गरेकाे ६ मेगावाट विद्युत अहिले राष्ट्रिय प्रसारण लाइनमा आइरहेकाे बताए । उनले जाडो मौसममा कम उत्पादन भए पनि मौसम सफा हुँदा जडित क्षमता अनुसार नै १० मेगावाट विद्युत् उत्पादन हुने गरेकाे बताए । साैर्य विद्युत आयाेजनाकाे विद्युत प्रणालीमा थपिँदा जिल्लामा लाे भोल्टेजको समस्यासमेत समाधान हुँदै गएकाे उनले बताए ।

Facebook Comments

Read Previous

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध,यात्रुलाई सास्ती

Read Next

साढे ५ हजार हेक्टर भूमिमा डिप बाेरिङ र स्यालाे ट्युबेलमार्फत १२ महिना सिँचाइ सुविधा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar